अष्ट्रेलियामा जगजितको टोली बराबरीमा रोकियो

काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियामा व्यवसायिक फुटबल खेलीरहेका नेपाली राष्ट्रिय फुटबलर जगजित श्रेष्ठको टोलीले नेशनल प्रिमियर लिग २ विक्टोरियामा बराबरी खेलेको छ ।

लिग अन्तरगत आइतबार भएको खेलमा अग्रता लिएर पनि जोगाउन नसक्दा जगजितको टोली नुनावाडिङ सिटी एफसीले डण्डीनंग सिटी एससीसँग बराबरीमा चित्त बुझाउनु परेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफको ५१ औं मिनटमा मिच कुपरले गोल गर्दै नुनावाडिङलाई शुरुवाती अग्रता दिलाएका थिए । यद्यपि नुनावाडिङको उक्त अग्रता धेरैबेर रहन सकेन । खेलको ६६ औं मिनटमा डण्डीनंगका लागि शान केलीले गोल गर्दै खेललाई बराबरीमा ल्याईपुराएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...