“चर्को गर्मी पनि नेपालको हारको कारण” प्रशिक्षक शाक्य

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल युएईसँग पराजित भएपछि नेपालका प्रशिक्षक राजुकाजी शाक्यले त्यहाँको चर्को गर्मीलाई पनि हारको कारण बताएका छन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाक्यले भने “हाम्रो खेलाडीले त्यति नराम्रो पनि खेलेनन् । युएई बलियो टोली हो । हामीले २ गोल पेनाल्टीमा खानु पनि गल्ती भयो ।”

उनले नेपाली खेलाडीहरुले युएईसँग उसकै घरेलु मैदानमा खेलरिुहेकाले विपक्षीलाई कसरी नियन्त्रणमा राख्ने भन्नेबारे पनि राम्रोसँग जानकार हुन नसकेको बताए ।

शाक्यले नेपाली टोली हार्नुको कारणमा त्यहाँको चर्को गर्मीलाई पनि कारण देखाउँदै भने “यहाँ ४० डिग्री सेल्सियसको गर्मी छ, उता (नेपालमा) अहिले वर्षाको मौसम छ । जसले गर्दा पनि हाम्रा खेलाडीहरु चर्को गर्मीका कारण खेलमा जम्न सकेनन् । साथै युएई एउटा बलियो टोली हो र र उनीहरु शारीरिक रुपमा पनि बलिया छन् ।”

छनौट चरण अन्तरगत नेपालले अब दोस्रो खेल भोली सोमबार उज्बेकिस्तानसँग खेल्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...