कोकाकोला कपमा शनिबार सात खेलहरु सम्पन्न

(तस्विर : गोलनेपाल डटकम)

पोखरा (खेलदैनिक) । पोखरामा जारी कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगीतामा शनिबार सात खेलहरु सम्पन्न भएका छन् ।
शनिबारको खेलमा जुनियर सिटिजन ऐकेडेमीले ताराकुञ्ज माविलाई ट्राईबेकरमा ४—२, सैनिक आवासिय माविले सिद्धिविनायकलाई ट्राईबेकरमा ४—३, विन्दावासिनी माविले ज्ञानकुञ्ज माविलाई ३—०, ब्रह्माले स्नो भ्युलाई २—० गोल अन्तरले पराजित गरेको छ ।
यस्तै टप्स माविले पोखरा एकेडेमीलाई २–०, श्रीकृष्ण माविले कञ्चनजंगा बोर्डिङ् स्कुललाई ४—० र छोरेपाटन माविले पोखरा स्पाईरल ग्यालेक्सीलाई ४–० गोल अन्रतले पराजित गरेको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा अषाढ २७ गतेदेखी जारी प्रतियोगीता सुरु भएको मितिले १३ दिनसम्म जारी रहने छ ।
प्रतियोगीतामा कास्कीका ६३ विद्यालय छात्रका ६३ तथा ६ छात्राको समुहले सहभागीता जनाएका छन् । विजेताले क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीता खेल्ने अवसर प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

Loading...