काठमाडौं ९खेलदैनिक० । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत आज हुने युएईविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा सार्वजनिक भएको छ ।
आज हुने खेलमा नेपाल युएईविरुद्ध ४–५–१ को रणनीतिमा उत्रिने भएको छ । जस अन्तरगत आज युएईविरुद्ध उत्रिने पहिलो रोजाईको टोलीमा कप्तान बिमल घर्ती मगरले फरवार्ड लाईनको जिम्मा पाएका छन् भने हेमन्त थापा मगर, अन्जन बिष्ट, सुमन लामा, हेमन गुरुङ र सुनिल बलले मिडफिल्ड हेर्नेछन् ।
त्यस्तै गोलपोष्टको जिम्मा एलन न्यौपानेले पाएका छन् भने उपकप्तान अनन्त तामाङ सहित गौरव बुढाथोकी, दिनेश राजवंशी र अमित तामाङले डिफेन्स लाईनको कमान सम्हाल्ने छन् ।
छनौट खेल अन्तरगत नेपाल र घरेलु युएई आज नेपाली समय अनुसार बेलुका ८ बजेर १० मिनटमा भिड्दै छन् ।
युएईविरुद्ध उत्रिने प्लेईङ ११ यसप्रकार छन् :
गोलरक्षक : एलन न्यौपाने
रक्षक: अनन्त तामाङ ९उपकप्तान०, दिनेश राजवंशी, गौरव बुढाथोकी, अमित तामाङ,
मध्यपंंक्ति : हेमन्त थापा मगर, हेमन गुरुङ, अन्जन बिष्ट, सुनिल बल, सुमन लामा
अग्रपंक्ति: बिमल घर्ती मगर ९कप्तान०