युएईका प्रशिक्षक भन्छन् “नेपालप्रति विशेष सम्मान”

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेल अन्तरगत आज नेपाल यु–२३ र युएई यु–२३ भिड्दै छन् ।

यी दुई टोलीबीचको खेलअघि आयोजिथ पत्रकार सम्मेलनमा युएईका प्रशिक्षक हसन अब्दुलोईले नेपालप्रति आफ्नो विशेष सम्मान रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा आफ्नो समूहमा रहेको सबै टोलीप्रति सम्मान रहेको बताउँदै हसनले भने “हामी चुनौति सामना गर्न तयार छौं । हामी समूहको शिर्ष स्थानमा रहँदै फाइनल चरणका लागि छनौट हुन चाहन्छौं ।”

त्यस्तै नेपालका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टोलीले प्रर्याप्त तयारी गर्न नपाएको बताए । पत्रकार सम्मेलनमा बोल्दै शाक्यले भने “हामीले बंगलादेशलाई पराजित गरेका थियौं । यद्यपि हामीले प्रर्याप्त तयारी गर्न पाएनौं । तर पनि हामीसँग अनुभवी खेलाडीहरु छन् र हामी प्रतियोगिताको अन्तिम चरणमा छनौट हुनका लागि यहाँ आएका हौं ।”

छनौट चरण अन्तरगत नेपाल र युएई आज नेपाली समय अनुसार बेलुका ८ बजे १० मिनटमा तहनोन बिन मोहम्मद स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...