नेपाल र युएईबीचको खेलमा ‘कुलिङ ब्रेक’

काठमाडौं (खेलदैनिक) । शनिबार हुने एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेलअन्तरगत नेपाल र युएईबीचको खेलमा कुलिङ बं्रेक पनि हुने भएको छ ।

अल एनमा बेलुकाको समयमा पनि त्यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि हुने भएपछि भोली हुने खेलमा कुलिङ ब्रेकको व्यवस्था गरिएको हो ।

खेल अन्तरगत पहिलो कुलिङ ब्रेक ३० औं मिनटमा हुनेछ भने दोस्रो कुलिङ ब्रेक खेलको ७५ औं मिनटमा हुनेछ । छनौट खेल अन्तरगत नेपाल र युएई शनिबार अल कतारा स्टेडियममा स्थानीय समय अनुसार बेलुका ६:२५ भिड्दैछन् ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...