उमेर समूहमा फेरि भिड्दै नेपाल र भारत (खेलतालिका सहित)

काठमाडौं (खेलदैनिक) । साफ यु–१५ च्याम्पियनसिप फुटबल अन्तरगत दुई चिरप्रतिद्वन्द्वी नेपाल र भारत एउटै समूहमा परेका छन् ।

आउँदौ अगस्त १८ देखि २७ तारीखसम्म नेपालमा आयोजना हुन गईरहेको प्रतियोगिताको समूह बी तर्फ आयोजक नेपाल सहित भारत र माल्दिभ्स परेका हुन् ।

त्यसैगरी समूह ए तर्फ भने बंगलादेश, भूटान र श्रीलंका छन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र सशस्त्र प्रहरीको हलचोक स्टेडियममा हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेल अगस्त २१ तारीखमा माल्दिभ्ससँग खेल्नेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुन गईरहेको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थापन गर्दैछ ।

हेर्नुहोस् खेलतालिका :


प्रतिक्रिया दिनुहोस

Loading...