नेपाल यु–२३ फुटबल टोली दुबईमा

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेल्न युएईतर्फ प्रस्थान गरेको नेपाल यु–२३ फुटबल टिम दुबई पुगेको छ । नेपाली युवा टोली अब दुबईबाट खेल हुने स्थल अल–आईनतर्फ प्रस्थान गर्नेछ ।

एएफसी यु–२३ च्याम्पियनसिपको छनौट खेल अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समूह डी मा रहेको छ । जसअन्तरगत नेपालले जुलाई १५ (असार ३१) तारीख शनिबारका दिन आयोजक युएईसँग भिड्दै छनौट प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यसलगतै जुलाई १७ तारीखका दिन दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ भने अन्तिम खेल जुलाई १९ तारीखका दिन लेबनानसँग खेल्नेछ ।

युएई जाने युवा टोलीलाइृ एन्फाले बुधबार एक कार्यक्रमकाबीच विदाई गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...