नेपाली यु–२३ टोली आज युएईतर्फ जाँदै

विदाई कार्यक्रमपछि सामूहिक तस्विर खिचाउँदै नेपाल यु–२३ टिमका खेलाडी तथा पदाधिकारीहरु ।

काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ च्याम्पियनसिपको छनौट खेल खेल्न नेपाली यु–२३ राष्ट्रिय फुटबल टिम आज युएईतर्फ प्रस्थान गर्दैछन् ।

नेपाली समय बिहानको ९ बजेको उडानमा टोली युएईतर्फ प्रस्थान गर्नेछ । युवा टोलीलाई बुधबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको थियो ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, राखेपका सदस्य सचिव केशव कुमार बिष्ट लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न विदाई कार्यक्रममा सबैले टोलीलाई शुभकामना दिए ।

कार्यक्रममा बोल्दै नेपाल यु–२३ टिमका कप्तान बिमल घर्ती मगरले टोलीले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै अर्का भरपर्दा युवा फरवार्ड अन्जन बिष्टले पनि विपक्षीहरु बलिया रहे तापनि आफूहरुले सक्दो उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

छनौट खेल अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समूह डी रहेको छ ।

नेपाली यु–२३ टोली यसप्रकार रहेको छ:

गोलकिपर :  एलन न्यौपाने, अशोक बराल, किशोर गिरी

डिफेन्डर : अनन्द तामाङ (उपकप्तान), दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी

मिडफिल्डर : हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुमन लामा, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत

फरवार्ड : बिमल घर्ती मगर (कप्तान), अन्जन बिष्ट, सन्जोग राई, विश्वास श्रेष्ठ

 


प्रतिक्रिया दिनुहोस

Loading...