बंगलादेशका प्रशिक्षकको नजरमा बिमल ‘गेम चेन्जर’

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । बंगलादेश यु–२३ टिमकाका नयाँ प्रशिक्षक एन्ड्रियु ओर्डले आफ्नो प्रशिक्षकीय जिम्मेवारीको पहिलो खेलमै हार बेहोरेका छन् । मंगलबार नेपाल यु–२३ टिमसँग १–० पराजित भएपछि बंगलादेशका अष्ट्रेलियन प्रशिक्षकले पहिलो गाँस मै ढुंगा भेटेका हुन् ।

मंगलबार खेलपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एन्ड्रयुले आफ्नो टोलीले उत्कृष्ट खेले पनि खेलमा बिमलले गेम चेन्ज गरेको बताए ।

पत्रकार सम्मलेनमा बोल्दै उनले भने “हामीले राम्रो खेल्यौं । पहिलो हाफमा बल पनि नियन्त्रणमा राखेका थियौं । तर विपक्षीका फरवार्ड (बिमल) ले गेम चेन्ज गरिदिए ।”

पिच (मैदान) पनि केही कठिन र असहज रहेको उनले बताए । यद्यपि उनले हरेक टर्फ (पिच) स्थान अनुसार फरक फरक हुने कुराप्रति पनि आफू जानकार रहेको बताए ।

बंगलादेश अब अर्को मैत्रीपूर्ण खेलका लागि कतार उड्ने छ । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत बंगलादेश आयोजक प्यालेस्टाईन, जोर्डन र ताजिकिस्तानसँगै समूह इ मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...