बिमलको निर्णायक गोलमा नेपालको जित

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय यु–२३ फुटबल टिमले मैत्रीपूर्ण फुटबलमा बंगलादेश यु–२३ टिमलाई पराजित गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई शून्यकाविरुद्ध १ गोलले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान बिमल घर्ती मगरले एकमात्र निर्णायक गोल गरे । पहिलो हाफको २० औं मिनटमा अन्जन बिष्टको सटिक पासमा डि बक्स भित्र रहेका बिममले उत्कृष्ट गर्दै नेपालले शुरुवाती अग्रता दिलाएका थिए । जुन अग्रता खेलको निर्णायक बन्न पुग्यो ।

अधिकांश समय विपक्षीविरुद्ध हावी देखिएको नेपालले गोलका केही सुन्दर अवसरहरुलाई सदुपयोग गर्न सकेन । उता बंगलादेशका खेलाडीले पनि पाएको केही गोलको मौका सदुपयोग गर्न सकेनन् भने केही प्रहार नेपालका गोलरक्षक एलन न्यौपानेले आकर्षक रुपमा बचाउ गरेका थिए ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौटको तयारीमा रहेको दुवै टोली केही दिनमा त्यसतर्फ प्रस्थान गर्दैछन् । छनौट खेल अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समुह डी मा रहेको छ ।
त्यस्तै बंगलादेश आयोजक प्यालेस्टाईन, जोर्डन र ताजिकिस्तानसँगै समूह ई मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...