साफ यु–१८ च्याम्पियनसिपमा नेपालको पहिलो भिडन्त श्रीलंकासँग (खेलतालिका सहित)

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । भुटानमा हुने साफ यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघले यस संस्करणदेखि प्रतियोगिताको उमेर समूह यु–१९ देखि यु–१८ मा परिवर्तन गरेको छ ।

प्रतियोगिता आउँदो सेप्टेम्बर १८ देखि २७ तारीखसम्म भूटानको राजधानी थिम्पूमा शुरु हुँदैछ ।
प्रतियोगितामा सहभागि ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तरगत समूह ए तर्फ भारत, बंगलादेश र आयोजक भूटान छन् भने समूह बी तर्फ डिफेन्डिङ च्याम्पियन नेपाल, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

प्रतियोगिताको उदघाट्न खेलमा समूह ए तर्फ आयोजक भूटान र पहिलो संस्करणको उपविजेता भारत भिड्ने छन् ।
त्यस्तै नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १९ तारीखमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् ।

प्रतियोगिता अन्तरगत सबै खेलहरु चाङ्लीमिथाङ स्टेडियम, थिम्पुमा हुनेछ ।

खेलतालिका यसप्रकार रहेको छ


प्रतिक्रिया दिनुहोस

Loading...