“हामीबीच एकता छ, हामी जित्नेछौं” कप्तान बिमल

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाल यु–२३ फुटबल टिमका कप्तान बिमल घर्ती मगरले बंगलादेश टोलीविरुद्ध हुने मैत्रीपूर्ण फुटबलमा स्पष्ट जित हात पाने बताएका छन् ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका कप्तान बिमलले भने “हामीले राम्रो तयारी गरेका छौं । लामो समयदेखि हामी एकसाथ खेलिरहेका छौं र मलाई विश्वास छ हामीले जित्नेछौं ।”

विपक्षी टोली बंगलादेशबारे सोधिएको प्रश्नमा बिमलले भने “उनीहरु (बंगलादेश) र हाम्रो लेवल समान छ । हामी जित्न चाहन्छौं । हाम्रो टोलीमा अधिकांश राष्ट्रिय खेलाडी छन् । उनीहरुबाट राम्रो नतिजाको आशा छ । सबैभन्दा महत्वपूर्ण कुरा हामीबीच एकता छ ।”

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको छ ।

नेपाली यु–२३ फुटबल टिमले मंगलबार दिनकोे ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बंगलादेश यु–२३ मैत्रीपूर्ण खेल खेल्दैछ ।

दुवै टोली यहि जुलाई १५ देखि २३ तारीखसम्म हुन गईरहेको एएफसी यु–२३ च्याम्पिनयसिपको छनौट खेल खेल्दैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...