“नेपालविरुद्ध जित्न चाहन्छौं” बंगलादेशी कप्तान सोहेल

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । बंगलादेश यु–२३ फुटबल टिमका कप्तान सोहेल रानाले नेपालविरुद्ध जित हात पार्दै आत्मविश्वास बलियो बनाउन चाहेको बताएका छन् ।

आफ्नो टोली युवा खेलाडीले भरिएको बताउँदै नेपालविरुद्ध जुझारु प्रदर्शन गरेर भए पनि सफलता हासिल गर्ने कप्तान सोहेलले बताए ।

एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बंगलादेशका युवा कप्तान सोहेलले भने “हामीसँग सबै युवा खेलाडीहरु मात्र छन् । तर हामीले राम्रो तयारी गरेका छौं । एएफसी छनौट खेलहरुमा हामी बलिया टोलीहरुसँग भिड्दै छौं । त्यसैले पनि नेपालविरुद्ध जित हात पार्दै हामी आत्मविश्वास बढाउन चाहन्छौं ।”

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत बंगलादेश आयोजक प्यालेस्टाई, ताजिकिस्तान र जोर्डनसहित समूह इ मा रहेको छ ।

नेपाली यु–२३ फुटबल टिमले मंगलबार दिनकोे ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बंगलादेश यु–२३ मैत्रीपूर्ण खेल खेल्दैछ ।

दुवै टोली यहि जुलाई १५ देखि २३ तारीखसम्म हुन गईरहेको एएफसी यु–२३ च्याम्पिनयसिपको छनौट खेल खेल्दैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...