
(तस्विर : गोलनेपाल डटकम)
काठमाडौं (खेलदैनिक) । नेपाली यु–२३ फुटबल टिमका प्रशिक्षक राजुकाजी शाक्यले बंगलादेशविरुद्ध सावधानीपूर्वक खेल्ने बताएका छन् । एएफसी यु–२३ च्याम्पियनसिपको छनौट खेलहरु आफ्ना लागि महत्वपूर्ण रहेको र कुनै खेलाडी घाइते नबनुन भन्ने आफ्नो मनसाय रहेको प्रशिक्षक शाक्यले बताए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक शाक्ययले भने “यो हाम्रो लागि एउटा अभ्यास खेल मात्र हो । हाम्रो लागि एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेलहरु महत्वपूर्ण छ । हामी होशियारीपूर्वक खेल्नेछौं । म चाहन्छु हाम्रो कुनै खेलाडी चोटिल नबनुन् ।”
नेपाल कठिन समूहमा रहेको रं बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न पाउँदा त्यसले टोलीलाई थप तयारी गर्न सहयोग पुग्ने प्रशिक्षक शाक्यले बताए ।
एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको छ ।
नेपाली यु–२३ फुटबल टिमले मंगलबार दिनकोे ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बंगलादेश यु–२३ मैत्रीपूर्ण खेल खेल्दैछ ।
दुवै टोली यहि जुलाई १५ देखि २३ तारीखसम्म हुन गईरहेको एएफसी यु–२३ च्याम्पिनयसिपको छनौट खेल खेल्दैछन् ।