“नेपालविरुद्ध उसकै घरमा खेल्नु कठिन”

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । बंगलादेश यु–२३ फुटबल टिमका प्रशिक्षक एण्ड्रयु ओर्डले नेपालविरुद्धको मैत्रीपूर्ण खेल आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् ।

मंगलबार हुने नेपालविरुद्धको खेल अगाडी आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने “यो महत्वपूर्ण खेल हो । एएफसी यु–२३ छनौट पनि हाम्रो लागि महत्वपूर्ण छ । भोली हुने मैत्रीपूर्ण खेलले हामीलाई हाम्रो गल्ती सुधार्दै तयारी गर्न थप सहयोग पुग्ने छ ।”

प्रशिक्षक ओर्डका अनुसार नेपालले भारत र यमनसँग खेलेको भिडियो हेरेको बताउँदै उनले भने “मैले नेपालले खेलेको भिडियो हेरेको छु । भोलीको खेल हामीलाई सजिलो हुने छैन । हामी नेपालकै घरेलु मैदानमा खेल्दैछौं । जुन खेल हाम्रो लागि कठिन हुनेछ ।”

यद्यपि उनले नेपालविरुद्ध जितकै लागि मैदानमा उत्रिने स्पष्ट पारे ।

नेपाली यु–२३ फुटबल टिमले मंगलबार दिनकोे ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बंगलादेश यु–२३ मैत्रीपूर्ण खेल खेल्दैछ ।

दुवै टोली यहि जुलाई १५ देखि २३ तारीखसम्म हुन गईरहेको एएफसी यु–२३ च्याम्पिनयसिपको छनौट खेल खेल्दैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...