बिमलको कप्तानीमा यु–२३ टोली घोषणा

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । युवा फरवार्ड बिमल घर्ती मगरको कप्तानीमा एन्फाले २३ सदस्य नेपाली यु–२३ टोलीको घोषणा गरेको छ ।

यहि असार २७ गते मंगलबार बंगलादेश यु–२३ फुटबल टोलीविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि अन्तिम टोली घोषणा गरिएको हो ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको ३ बजे शुरु हुने एन्फाले जनाएको छ । नेपाली यु–२३ टोलीमा १० राष्ट्रिय फुटबल टोलीका सदस्यहरु समेत सामेल छन् ।

बंगलादेश यु–२३ विरुद्ध खेल्ने नेपाली टोली यसप्रकार रहेका छ :-

गोलकिपर : एलन न्यौपाने, अशोक बराल, किशोर गिरी

डिफेन्डर : अनन्त तामाङ (उपकप्तान), दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, तेसिरिङ्ग गुरुङ, लक्ष्मण जिसी

मिडफिल्डर : हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, डोना थापा, तेज तामाङ, बिवेक बस्नेत

फरवार्ड : बिमल घर्ती मगर (कप्तान), अन्जन बिष्ट, सन्जोग राई, बिश्वास श्रेष्ठ

 


प्रतिक्रिया दिनुहोस

Loading...