बंगलादेश यु–२३ टोली काठमाडौं आइपुग्यो

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । बंगलादेश यु–२३ फुटबल टिम मैत्रीपूर्ण फुटबल खेलका लागि आइतबार दिउँसो काठमाडौं आइपुगेको छ ।

बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपाल राष्ट्रिय यु–२३ फुटबल टिम र बंगलादेश राष्ट्रिय यु–२३ फुटबल टिम यहि असार २७ गते मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण फुटबलका लागि भिड्दै छन् । खेल दिनको ठिक ३ बजे शुरु हुने एन्फाले जनाएको छ ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौटको तयारीमा रहेको दुवै टोलीले मंगलबार हुने अभ्यास खेललाई चुनौति र सम्भावना दुवैका रुपमा लिएका छन् ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपाल आयोजक युएई, लेबनान र उज्वेकिस्तानसहित समूह डी मा रहेको छ भने बंगलादेश आयोजक प्यालेस्टाईन, जोर्डन र ताजिकिस्तानसहित समूह ई मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...