अष्ट्रेलियामा जगजितको गोलमा नुनावाडिङको शानदार जित

(तस्विर : नुनावाडिङ सिटी एफसीको फेसबुक पेजबाट)

काठमाडौं (खेलदैनिक) । नेशनल प्रिमियर लिग २ विक्टोरियामा नेपाली राष्ट्रिय फुटबलर जगजित श्रेष्ठको टोली नुनावाडिङ सिटी एफसीले शानदार जित हात पारेको छ ।

प्रभावशाली जित हात पार्ने क्रममा नुनावाडिङले बलारत सिटी एफसीलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा नुनावाडिङका लागि जेरोड डेल मोनाओ, प्याट्रिक जेरार्ड र चर्चित नेपाली फुटबलर जगजित श्रेष्ठले १–१ गोल गरे ।

जितसँगै रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको नुनावाडिङ सिटी एफसीलाई जारी लिगमा राहत भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...