अनिल गुरुङ मकाउमा सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन् ।

व्यक्तिगत भ्रमणमा मकाउ पुगेको अनिलललाई एनआरएन मकाउले आज सम्मान गरेको थियो ।

एनआरएन मकाउका अध्यक्ष मुकेश बरुवालले अनिलललाई मायाको चिनोबाट सम्मान गरेका थिए ।

कार्यक्रममा एनआरएन मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा रेफ्री सचिन अमात्यलगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस

Loading...