इण्डोनिशयाको टप लिग फुटबलरमा रोहित

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द इण्डोनेशियाको टिम अफ दि विकमा परेका छन् ।

जारी इण्डोनेशिया लिग वानमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले गरेको प्रदर्शनका आधारमा रोहितलाई गोल इण्डोनेशियाले टिम अफ दि विकको सूचीमा छनौट गरेको हो ।

टिम अफ दि विकमा पर्दा आफूलाई निकै खुशी लागेको नेपालका भरपर्दा मिडफिल्डर रोहितले बताए ।

इण्डोनेशिया लिग वान अन्तरगत आज रोहितको टोली पर्सिजा जकार्ताले पर्सिपुराको सामना गर्दैछ् ।
पर्सिजा जकार्ता इण्डोनेशियन लिगमा १२ खेलबाट १९ अंक सहित सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...