नयाँ विश्व वरियतामा नेपाल एक स्थान तल

काठमाडौं (खेलदैनिक) । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा नेपाल एक स्थान तल झरेको छ । कुल १ सय १७ अंक सहित नेपाल वरियताको १ सय ७० औं स्थानमा छ भने दक्षिण एसियाली राष्ट्रहरुमा भने पाँचौ स्थानमा छ ।

त्यसैगरी दक्षिण एसियाली राष्ट्रहरुमा शिर्ष स्थानमा यथावत रहेको भारत ४ स्थान माथि उक्लदै ९६ औं स्थानमा पुगेको छ । त्यस्तै ३ स्थान माथि उक्लिएको अफगानिस्तान १ सय ४५ औं स्थानमा छ भने १४ स्थान सुधार गरेको माल्दिभ्स १ सय ४२ औं स्थानमा उक्लिएको छ ।

भुटानले २ स्थान सुधार गर्दै नेपालभन्दा माथि १ सय ६४ औं स्थानमा छ भने नेपाल भन्दा तल रहेका बंगलादेश, श्रीलंका र पाकिस्तान  क्रमशः १९०, १९७ र २०० औं स्थानमा छन् ।

दुई वर्षपछि जर्मनी शिर्ष स्थानमा

उता फिफाले जारी गरेको नयाँ विश्व वरियताको शिर्ष स्थानमा जर्मनी पुगेको छ । हालै कन्फेडेरेशन कप जितको जर्मनी दुई वर्षपछि फिफा विश्ववरियताको शिर्ष स्थानमा पुगेको हो । त्यस्तै ब्राजील र अर्जेन्टिना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्् ।


प्रतिक्रिया दिनुहोस

Loading...