नेपाली यु–१९ फुटबल टिमको प्रशिक्षकमा छिरिङ लोप्साङ

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय यु–१९ फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी चर्चित मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक समेत रहेका छिरिङ लोप्साङले पाएका छन् ।

छिरिङ लोप्साङ । (तस्विर : गोलनेपाल डटकम)

एन्फाका कार्यकारी प्रमुख इन्द्रमान तुलाधरले यसबारे पुष्टी गर्दै भने “लोप्साङले नै नेपाली यु–१९ टोलीको नेतृत्व गर्दै किर्गिस्तान लैजाने छन् ।”

त्यसैगरी लोप्साङको सहायकको भूमिकामा कैलालीका पुष्कल शाही रहनेछन् ।

नेपाली यु–१९ फुटबल टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनौट अन्तर्गत आउँदो अक्टुबर ३१ तारीखदेखि नोभेम्बर ८ तारीखसम्म किर्गिस्तानको बिश्केकमा छनौट खेलहरु खेल्दैछ ।

एएफसी यु–१९ च्याम्पियनसिपको छनौट खेल अन्तर्गत नेपाल आयोजक किर्गिस्तान, ओमान, युएई र बहराईनसँगै समूह ए मा रहेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...