काठमाडौं (खेलदैनिक) । नेशनल प्रिमियर लिग विक्टोरिया २ मा नेपाली राष्ट्रिय फुटबलर जगजित श्रेष्ठको टोली नुनावाडिङ सिटी एफसीले हार बेहोरेको छ ।
लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा नुनावाडिङ सिटी एफसीले वेरीबी एफसीसँग १ का विरुद्ध ३ गोलले पराजित हुन पुगेको हो ।
खेलमा जगजितको टोली नुनावाडिङले अग्रता लिएर पनि त्यसलाई जेगाउन नसक्दा ३ गोल खाँदै पराजित हुन पुग्यो ।
लिगतालिकामा नुनावाडिङ सिटी एफसीको २० खेलबाट २१ अंक छ र अंक तालिकाको आठौं स्थानमा छ ।