अमेरिकामा राष्ट्रिय फुटबलर भरतको ह्याट्रिक

टेक्सासं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबलरद्वय भरत खवास र राजु तामाङको टालीले अमेरिकामा शानदार जित हात पारेको छ ।

अमेरिकामा बसोबास गर्दै आइरहेका नेपाली समुदायले आयोजना गरेको एक कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन अमेरिका पुगेका खवास र तामाङले त्यहिको नेपाली समुदायको लस एन्जल्स एघारबाट फुटबल प्रतियोगितामा समेत सहभागिता जनाईरहेका छन् ।

शुक्रबार खेलिएको पहिलो खेलमा लस एन्जल्सले एकता एफसीलाई ३–१ ले पराजित गर्यो । लस एन्जल्सको जितमा भरत खवास एक्लैले ह्याट्रिक गरे । त्यस्तै दोस्रो खेलमा लस एन्जल्सले हिमालयन एफसीलाई ५–१ ले पराजित गर्न सफल भयो । उक्त खेलमा भरत खवास र राजु तामाङले समान २–२ गोल गरे भने थप एक गोल रचन श्रेष्ठले गरे ।

अमेरिकाको डालास, टेक्सासमा जारी प्रतियोगिता अन्तर्गत शनिबार लस एन्जल्सले इस्ट वे टिमसँग क्वाटरफाइनल खेल खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...