अभ्यास खेलमा नेपाली यु–२३ टोलीलाई सफलता

नेपाल यु–२३ र नेपाल यु–१६ का खेलाडीहरु प्रतिस्पर्धा गर्दै ( (तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीले अभ्यास खेलमा शुक्रबार जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको उक्त अभ्यास खेलमा नेपाली यु–२३ टोलीले नेपालको यु–१६ टोलीलाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै जित हात पारेको हो ।

उक्त अभ्यास खेलमा नेपाली यु–२३ टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले सबै २८ खेलाडीहरुलाई मैदानमा उतारेका थिए । अंगलादेश यु–२३ विरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली छिटै घोषणा गरिने प्रशिक्षक शाक्यले जानकारी दिए ।

नेपाल यु–२३ टिमले यहि असार २७ गते (जुलाई ११ तारीख) का दिन बंगलादेश यु–२३ टोलीसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

बंगलादेशविरुद्धको खेललाई यहि जुलाई १५ देखि १९ तारीखसम्म युएईमा हुने एएफसी यु–२३ च्याम्पियनसिप छनौटको तयारीका रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...