बिमल यु–२३ को अभ्यासमा फर्किए

अभ्यासका क्रममा बिमल घर्ती मगर । (तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय फुटबल टिमका नियमित सदस्य तथा स्टार फरवार्ड बिमल घर्ती मगर नेपाली यु–२३ को अभ्यासमा फर्किएका छन् ।

अभ्यासका क्रममा सामान्य ह्यास्ट्रिङको समस्याले चोटिल बनेका मगर करिब एक साताको आराम पछि अभ्यासमा फर्किएका हुन् ।

एएफसी यु–२३ च्याम्पिनसिप खेल्ने नेपाली टोलीको सम्भावित कप्तानमा बिमलको नाम अगाडी छ ।
नेपाली यु–२३ टोलीले हाल एन्फा कम्प्लेक्स सातदोबाटोमा बन्द प्रशिक्षण गरिरहेको छ ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौटका चरण अन्तर्गत नेपालले जुलाई १५ देखि १९ सम्म युएईमा छनौट खेलहरु खेल्दैछ ।

आयोजक युएई, लेबनान, उज्केकिस्तानसँगै समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेल जुलाई १५ मा घरेलु टोली युएईसँग खेल्नेछ ।

त्यस्तै युएई जानुअघि यहि असार २७ गते नेपालले बंगलादेश यु–२३ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...