आर्मीकी इन्दिरा र मनिता उपाधी नजिक


राष्ट्रिय फेन्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । नेपाली सेनाका ईन्दिरा पौडेल र मनिता रायमाझी प्रथम ईपी राष्ट्रिय खुला फेन्सिङ्ग च्याम्पियनसिप २०१८ को महिला ब्यक्तिगत विधामा उपाधी नजिक पुगेका छन् ।

नेपाल फेन्सिङ्ग संघको आयोजनामा भएको च्याम्पियनसिपमा ईन्दिराले एपिएफकी शारदा मल्ललाई तथा मनिताले एपिएफकै अनिता कार्कीलाई पराजित गर्दै उपाधी नजिक पुगेको निर्णायक अविनाश कार्कीले जनाएका छन् ।

पहिलो पटक ईपीको मात्रै आयोजना गरिएको च्याम्पियनसिपमा तीन विभागिय टोली नेपाली सेना, प्रहरी र एपिएफ तथा प्रदेश १, ३ र ५ गरि तीन प्रदेशका पुरुष २७ र महिला २३ जना गरि कुल ५० खेलाडीहरुको सहभागिता रहको छ ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजित च्याम्पियनसिपको नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले निर्णायक तथा खेलाडीलाई खेल सामाग्री प्रदान गर्दै उद्घाटन गरेका थिए ।

दुई दिने प्रतियोगितामा तीन शिर्ष स्थान हात पार्नेले नगद २५ हजार, १५ हजार र १० हजार (५/५ हजार) सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...