काठमाडौं (खेलदैनिक) । राष्ट्रिय क्रिकेटर तथा स्टार ब्याट्सम्यान शरद भेषवाकर यसै साता विवाह बन्धनमा बाँधिने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य तथा आक्रमक ब्याट्सम्यान शरद भेषावकरले नायिका निशा अधिकारीसँग यसै साता विवाह गर्न लागेका हुन् ।
मनोरञ्जन साईट मेरोसिनेमा डटकमका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका शरद र निशाले आफ्नो प्रेमलाई यहि आउँदो असार १८ गते विवाहमा परिणत गर्दैछन् ।
यससँगै यसवर्ष विवाह गर्ने क्रिकेटरहरुको सूचीमा शरद पनि थपिएका छन् । राष्ट्रिय टोलीका सुबास खकुरेल, नरेश बुढाएर लगायत पनि यसैवर्ष विवाह बन्धनमा बाँधिएका थिए ।