एसियन क्लब प्रिमियर लिगमा नेपाल स्ट्रोमको जित

काठमाडौं (खेलदैनिक) । एसियन क्लब प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल स्ट्रोमले बुधबार जित हात पारेको छ । जित दर्ता गर्ने क्रममा स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो ।

त्रिवी क्रिेकट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको बंगलादेशी टिमले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ४८ रनको योगफल तयार पारेको थियो ।

उता १ सय ४९ रनको लक्ष्यका साथै मैदान प्रवेश गरेको नेपाल स्ट्रोमले २० बल बाँकी छँदै आफ्नो ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । नेपाल स्ट्रोमका लागि भुपेन्द्र थापाले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे । त्यस्तै दिशान्त यादवले ४६ रन बनाए ।

प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र नेपालका गरी कुल ६ टिममो सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४० लाख र उपविजेताले १६ लाख रुपैयाँ हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...