यू–१९ क्रिकेट टोलीका लागि १८ खेलाडी छनौट

काठमाडौँ (खेलदैनिक) । आइसीसी यू–१९ विश्वकप २०१८ को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा भएको छ ।

आउँदो जुलाई महिनामा सिंगापुरमा हुन गईरहेको प्रतियोगितामा सहभागी हुनुअघि १४ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरिनेछ । त्यस्तै ४ खेलाडी वैकल्पिकमा रहने छन् ।

छनोट कमिटीमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन् ।
जुलाई १६ देखि २५ सम्म हुने छनौट प्रतियोगितामा नेपालले आयोजक सिंगापुरसँगै अफगानीस्तान र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

छनौटमा परेका खेलाडीहरुः सन्दिप लामिछाने, अनिल कुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रम कुमार भुसाल, प्रकाश केसी, पवन शर्राफ, सन्दिप जोरा, रिजन ढकाल, प्रनित थापा मगर, साहब आलम, रसिद खान, आशिफ शेख, सन्दिप सुनार, ललित नारायण राजबंशी, रोहित कुमार पौडेल, आदील खान, दिपेन्द्र सिंह ऐरी ।


प्रतिक्रिया दिनुहोस

Loading...