आइसीसीको अनुमति बिना नेपाली खेलाडीहरुले प्रिमियर लिग नखेल्ने

काठमाडौं (खेलदैनिक) । क्रिकेटको सर्वोच्च संस्था इन्टरनेशनल क्रिकेट काउन्सील (आईसीसी) को अनुमति बिना नेपाली क्रिकेट खेलाडीहरुले यहि असार ५ गतेदेखि काठमाडौंमा हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

प्रतियोगितामा कुन कुन नेपाली खेलाडीहरु खेल्ने भन्ने कुरा पनि आयोजकले अहिलेसम्म बताएको छैन ।
त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताबारे आफूलाई जानकारी नभएको तथा आइसीसीले अनुमति नदिए सिनियर नेपाली क्रिकेट खेलाडीहरुले प्रतियोगिता नखेल्ने बताए ।

त्यसैगरी नेपाली यु–१९ का खेलाडीहरु पनि सोमबारदेखि बन्द प्रशिक्षणमा रहेकाले उनीहरु पनि सो प्रतियोगितामा खेल्ने सम्भावना कम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...