यु–१९ विश्वकपका लागि प्रारम्भिक टोलीको चयन, आजदेखि बन्द प्रशिक्षण

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ विश्वकप छनौट खेलका लागि प्रारम्भिक ४० सदस्यीय नेपाली टोलीको छनौट गरिएको छ ।

सिंगापुरमा यहि साउन १ देखि १० गतेसम्म चल्ने छनौट प्रतियोगिताका लागि प्रारम्भिक ४० सदस्यीय टोली घोषणा गरिएको हो । नेपालले आयोजक सिंगापुरसँगै मलेसिया र अफगानिस्तानसँग छनौट खेल खेल्नेछ ।

छनौट गरिएको प्रारम्भिक टोलीलाई सोमबारबाट बन्द प्रशिक्षक शुरु गरिने यु–१९ टोलीका मुख्य प्रशिक्षक बिनोद दासले जानकारी दिए ।

४० सदस्यीय प्रारम्भिक टोली – मोहम्मद आशीफ शेख, अनिलकुमार शाह, आदिल खान, सन्दिप लामिछाने, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, प्रकाश केसी, नन्दन यादव, सन्दिप सुनार, अविनाश कर्ण, बिक्रम कुमार भुसाल, रविन्द्र जंग शाही, शाहब आलम, सुशान्त सिंह थापा, किशोर महतो, प्रनित थापा, सन्दिप जोरा, सुमित थापा, बिपिन रावल, जितेन्द्र सिंह ठकुरी, अश्चल थारु चौधरी, विजय राना, प्रदिप टण्डन, रशिद खान, रिजन ढकाल, सागर भण्डारी, धिरज शाही, मोहम्मद हुसेन, दिव्यान्शु मलिक, विजय चौधरी, ललित राजवंशी, ससाद शेख, अयुव चन्द, फिर्दोस अन्सारी, अनिल खरेल, देव खनाल, लोकेश चन्द ।

 


प्रतिक्रिया दिनुहोस

Loading...