६ देश सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं (खेलदैनिक) । नेपालमा एसियाका ६ देश सहभागी हुने गरी एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डीगढ पञ्जाब (भारत) को आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालसहित श्रीलंका, बंगलादेश, भारत, युएई, अफगानिस्तानका टोलीहरुले सहभागिता जनाउनेछन् ।

प्रतियोगिता आउँदो असार ५ गतेदेखि त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा शुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद २५ लाख हात पार्नेछन् भने उपविजेताले १० लाख हात पार्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले नगद ५ लाख हात पार्नेछन् ।

(फाईल तस्विर)

 


प्रतिक्रिया दिनुहोस

Loading...