सान क्वाटरफाइनलमा

आयोजक राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को रातो टिम प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा बुधबार क्वाटरफाइनल प्रवेश गरेको छ ।
सानले भारतको ग्वालियर क्रिकेट एकेडेमीबाट वाक ओभर पायो । अर्को खेलमा हिमालयन क्रिकेट एकेडेमी (एचसीए) ले बालुवाटार क्रिकेट एकेडेमीलाई ११ रनले पराजित ग¥यो ।

प्रतियोगिताको क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल ओसिस र केसीटीसी, एनसीएस र जीएचसीए ‘ए’, सानको नीलो टिम र एनसीए तथा सानको रातो टिम र एचसीएबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...