नेक्सस क्वाटरफाइनलमा

नेक्सस क्रिकेट एकेडेमी (एनसीए) प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार क्वाटरफाइनल प्रवेश गरेको छ ।

पुल्चोक इन्जिनिएरिङ मैदानमा नेक्ससले आरसीएलाई ५१ रनले पराजित गर्‍यो  । नेक्ससका खडग बोहरा ‘म्यान अफ द म्याच’ चुनिए ।

नेपाल क्रिकेट स्कुल (एनसीएस) पनि प्रतिद्वन्द्वी भारतको ग्वालियर क्रिकेट एकेडेमी (जीसीए) बाट वाक ओभर पाएर क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । प्राविधिक कारणले नेपाल आउन असमर्थ भएको जीसीएले जनाउ दिएपछि एनसीएसले वाक ओभर पाएको आयोजक राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...