छात्र छात्रा क्रिकेट प्रतियोगिता सुरु

(काँकरभिट्टा) झापा जिल्लास्तरीय अन्तरमावि छात्र छात्रा क्रिकेट प्रतियोगिता सोमबारदेखि काँकरभिट्टास्थित तुर्केनी खेल मैदानमा सुरु भएको छ ।जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा सुरु प्रतियोगिताको उद्घाटन खेलको छात्रातर्फ अरुणोदय अङ्ग्रेजी माविले राष्ट्रिय रमणिय आदर्श माविलाई २९ रनले पराजित गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको राष्ट्रिय रमणियलाई अरुणोदयले ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा रमणियले ५१ रन बनाउँदै २० ओभरमा अल आउट भएको थियो ।

मङ्गलबारको पहिलो खेल छात्रतर्फ महेन्द्ररत्न मावि र नवोदय माविबीच हुने छ भने दोस्रो खेल छात्रातर्फ निहारिका मावि र तारापुञ्ज माविबीच हुने क्रिकेटका अन्र्तराष्ट्रिय खेलाडी लाक्पा लामाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...