रुस्लान अत्तरीया कप: उपाधिका लागि एपिएफ र राईजिङ क्रिकेट वुमन भिड्ने

धनगढी, वैशाख २५ / कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफ र राईजिङ क्रिकेट वुमनले उपाधिका लागि भिड्ने भएका छन ।

सोमवार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि आमने सामने हुन लागेका हुन । पहिलो सेमिफाईनलमा एपिएफले पहिलो सेमिफाईनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराएको हो भने दोस्रो सेमिफाईनलमा राईजिग क्रिकेट वुमनले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाएको हो ।

अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा टस जितेर पहिले व्याटिग गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५० रन वनायो । टीमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ वलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन् । टीमका लागि ज्योती पाण्डेयले ४० रन वनाईन । टीमका लागि १५ वल खेल्दै ३ चौकाको मदत्तले विनु वुढामगरले २१ रन र ममता चौधरीले १५ रन वनाईन् । दोस्रो विकेटका लागि ज्योती र सरीता मगरले ३२ रनको, तेस्रो विकेटका लागि ज्योती र करुणाले ३५ रनको तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्वपुर्ण साझेदारी गरे । कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुवरले ३ विकेट लिईन । ४ ओभर वलिग गरेकी उनले २३ रन खर्चिन । यस्तै अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिईन । ३ ओभर वलिग गरेकी लक्ष्मीले ३३ रन खर्चिन । कैलालीका लागि सुमन विष्टको वलिग भारी भयो । एक ओभरमा २३ रन दिएकी उनले आफुले गरेको ४ ओभरमा ४७ रन खर्चिन ।

एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नु वाहेक अन्य खेलाडीले दोहोरो रन वनाउन सकेनन् । एपिएफको कसिलो वलिग सामु कैलालीका खेलाडी निरीह देखिए । एपिएफको जितमा विनु वुढामगरले ३ विकेट लिईन । सरीता मगर र सीता रानामगरले दूई दुई विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले एक एक विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान विनु वुढामगर वुमन अफ द म्याच भईन् । उनले नगद ३ हजार हात पारिन् । त्यस्तै खेलमा एक एक छक्का प्रहार गरेकी एफिएफकी करुणा भण्डारी र ईन्दु वर्माले नगद पाच पाच सय प्राप्त गरिन् ।

सोमवार दिउसो भएको दोस्रो सेमिफाईनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको राईजिग क्रिकेट वुमनले २० ओभरमा ३ विकेट क्षतीमा ११९ रन वनायो । टीमका लागि पुना निभा भाटले सर्वाधिक ४७ रन वनाईन भने साम्पा मुखर्जीले ४२ रनको अविजित पारी खेले । सहनाज प्रविणले १७ रन वनाईन । ११९ रनको योगफलसम्म आफ्नो टीमलाई पुराउने क्रममा पहिलो विकेटका लागि सहनाज र पुजाले ३३ रनको साझेदारी गरिन । यस्तै दोस्रो विकेटका लागि पुजा र साम्पाले ७२ रनको अर्धशतकीय साझेदारी गरिन् । झापाका लागि सरस्वती चौधरी २ र अनुराधा चौधरीले एक विकेट लिईन् ।

१२० रनको लक्ष्य लिएर मैदान उत्र्रिएको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सवै विकेट गुमाउदै ११० रन मात्रै वनाउन सक्यो । कप्तान रुवीना क्षेत्रीले ३९ रनको योगदान गरे पनि आफ्नो टीमलाई जिताउन सकिनन् । टोलीका लागि रितु जैन र मुस्कान वेगमले २१÷२१ रन वनाईन् । दोस्रो विकेटका लागि रितु र रुविना वीच ५० रनको साझेदारी समेत भएको थियो । राईजिग क्रिकेट वुमनलाई फाईनलमा पुराउनका लागि पुजा निभा भाटले ४ विकेट लिईन । ४ ओभर वलिङ गरेकी उनले २२ रन खर्चिन । नेरी थापाले पनि ४ ओभरमा १४ रन खर्चेर ३ विकेट हात पारिन । राईजिग क्रिकेट वुमनकी पुना निभा भाट वुमन अफ द म्याच हुदै नगद ३ हजार प्राप्त गर्न सफल भईन् ।

वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलवार सम्पन्न हुनेछ । एपिएफ र राईजिग क्रिकेट वुमन वीच मंगलवार दिउसो उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछन ।

Pic. Cricketing Nepal


प्रतिक्रिया दिनुहोस

Loading...