अत्तरीया महिला क्रिकेट : एपीएफको विजयी सुरुवात, मिलन क्रिकेट ७ विकेटले पराजित

धनगढी / सशस्त्र प्रहरी बलको महिला टोली एपीएफले अत्तरीया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ। बिहिबार भएको उद्घाटन खेलमा एपीएफले मिलन क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मिलनले निर्धारति २० ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनाएको थियो।

जवाफमा ज्योती पाण्डेको नटआउट ५५ रनको मद्दतमा एपीएफले १५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‌यो। एपिएफकी ज्योती प्लेयर अफि दी म्याच घोषित भएकी थिइन् ।

युनाइटेड अत्तरिया स्पोर्टस क्लबले आयोजना गरेको महिला राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ६ क्लबको सहभागिता रहेको छ । को आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपिएफ, मिलनसहित कञ्चनपुर महिला क्रिकेट टोली छ् । त्यस्तै समूह बीमा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र बारा क्रिकेट एकेडेमी रहेका छन् ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । विजेताले उपाधि सहित २ लाख रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ पाउनेछिन् । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन् ।

Pic. Cricketing nepal


प्रतिक्रिया दिनुहोस

Loading...