शरद भेषावकर यामाहा ब्रान्ड एम्बेसडर

वैशाख २१ / नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले  यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।

एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषावकरले ‘एमओयु’मा हस्ताक्षर गरे । अब  यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषावकर सहभागी हुनेछन् । यामाहा जस्तो विश्वव्यापी ब्रान्डसँग आबद्ध हुन पाउँदा निकै हर्षित र रोमाञ्चित भएको भेषवकरले बताए । प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले शरद भेषावकरसँगको नयाँ साझेदारीप्रति खुशी व्यक्त गरे ।

भेषावकर हाल विश्वको ट्वान्टी २० ब्याट्सम्यानको सूचीमा ८० औं स्थानमा छन् । उनले सन् २०१५ को जुलाईमा २ सय ५० रेटिङको उपलब्धी हासिल गरेका थिए । सन् २०१४ को आईसीसी विश्वकप ट्वान्टी २० मा नेपाललाई पु¥याउनुमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

Pic. Ujyaalo


प्रतिक्रिया दिनुहोस

Loading...