उद्घाटन खेलमा एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने

विहीवारदेखि कैलालीको अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता आयेजना हुदैछ ।

युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिदैछन । रुस्लान अत्तरीया कपको तयारी पुरा भएको छ ।

कैलालीको अत्तरीयामा हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी सकिएको हो । वैशाख २६ गतेसम्म आयोजना हुने महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गर्नुहुने भएको छ । प्रतियोगिता सुरु गर्ने तयारीमा वसेको आयोजक युनाईटेड अत्तरीया स्पोर्टस क्लवका अध्यक्ष रवि खनालले जानकारी दिनुभयो ।

अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएको छन । प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरीएको छ । समुह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह वी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन । प्रतियोगितामा सहभागी हुने तीन टीम अत्तरीया पुगेका छन भने वाराको टोली आउन वाकी रहेको छ । घरेलु दुई टोली पनि खेलको लागि तयार भएको अध्यक्ष खनालले वताउनुभयो ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाईने छ । लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ए समुहको विजेताले वी समुहको उपविजेता तथा वी समुहको विजेताले ए को उपविजेतासग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन । करिव २५ लाख रुपैयाँ खर्च हुने टि २० को विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन ।


प्रतिक्रिया दिनुहोस

Loading...