फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि सहयोग जुट्दै

धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै गएको छ ।
अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि ड्रिम फाप्ला अभियान सञ्चानल भएपछि ६ लाखभन्दा वढी रकम निजि क्षेत्रका संस्था र व्यक्तीवाट संकलन भएको छ । देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डिपिएलको आयोजनावाट पनि डेढ लाख रकम फाप्लालाई सहयोग गरिएको छ ।

धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि अभियान सञ्चालन गरिएपछि सहयोगी हातहरु जुट्दै गएका हुन । थ्री डि नक्सा तयारी गर्नुका साथै सरकारी स्तरवाट पनि रकम आउन थालेका वेला निजि क्षेत्रले पनि सहयोग गर्न थालेका हुन ।

देश विदेशमा रहेका संस्था र व्यक्तीहरुले झण्डै ६ लाख ११ हजार रुपैया सहयोग गरेका छन । त्यसमा ढाई लाख रकम सर्वे, अध्ययन र वेवसाईट निर्माणमा खर्च भएको छ। धनगढी प्रिमियर लिगको आयोजनावाट पनि झण्डै डेढ लाख रकम सहयोग गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले वताउनुभयो ।

फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुट्न सवैमा आग्रह समेत गरिएको छ ।

राजनीतिक दल र नेताहरुलाई दुुरगामी महत्वको फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्न, जोडदार रुपमा माँग राखेको एकेडेमाीका अध्यक्ष शाहीले जानकारी दिनुभयो।

खड्का परिवारलाई सहयोग हस्तान्तरण

सुदुरपश्चिमको क्रिकेट विकासमा योगदान पुराउनु भएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । खड्काको स्मृतिमा आयोजना भएको धनगढी प्रिमियर लिगवाट टिकट मार्फत उठेको रकम र डिपिएलका टीम कप्तानले दिएको रकम हस्तान्तरण गरिएको हो ।

लिग अवधिभर उठेको रकमको २० प्रतिशत अर्था ९३ हजार ५ सय ९१ र सहभागी भएका ६ टोलीका कप्तानले जनही ५ हजारका दरले प्राप्त भएको ३० हजार रकम गरी एक लाख २३ हजार ५ सय ९१ रुपैया स्वर्गीय खड्काकी छोरी कञ्चन खड्कालाई हस्तान्तरण गरिएको हो ।

छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग होस भनेर दिईएको सहयोग रकम धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र एकेडेमीकै निर्देशक महेश शाहले हस्तान्तरण गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...