धनगढी प्रिमियर लिगको हिसाव किताव सार्वजनिक; १५ लाख घाटा

देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिगको हिसाव किताव सार्वजनिक गरिएको छ ।

धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले आर्थिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो । प्रतियोगिता आयोजनावाट अपुग भएको झण्डै १५ लाख रकम सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले व्यहोर्ने भएको छ ।

धनगढी प्रिमियर लिगले हौसलता थपेकोले अर्को वर्ष नया योजनाका साथ प्रतियोगितालाई आयोजना गरिने आयोजकले दावी समेत गरेका छन ।

धनगढी प्रिमियर लिगको आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीका अनुसार लिगमा आम्दानी भन्दा झण्डै १५ लाख रुपैया वढी खर्च भएको छ । झण्डै एक करोड ६७ लाख रुपैया प्रायोजक सहप्रयोजक प्रवद्र्धक लगायतवाट आम्दानी भएकोमा एक करोड ८२ लाख रुपैया प्रतियोगिता आयोजना गर्न खर्च भएको छ । अपुग भएको रकम आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीले व्यहोर्ने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाहीले वताउनुभयो ।

२०७३ चैत्र २७ गतेबाट २०७४ बैशाख ९ गते सम्म संचालन भएको डिपिएलले क्रिकेट समृद्ध धनगढी र सुन्दर सुदूरपश्चिम निर्माण गर्ने आशा जगाएको र क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको आयोजकको विश्वास छ ।

आगामी श्रृङ्खलामा अझ बढी र अझ बढी आकर्षक ढंगले ल्याउने तयारीमा जुटेको भन्दै आयोजक टोलीले अन्र्तराष्ट्रिय ख्याती प्राप्त विदेशी खेलाडीलाई प्रतियोगितामा उतार्ने प्रयत्न गरिरहेको जनाएको छ । पहिलो पटक फरक रुपमा आयोजना गरिएको प्रतियोगिताले थप हौसला दिएकोले आगामी दिन अझ यसलाई नया र भिन्नै रुपमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो ।

डिपिएलले नेपाली क्रिकेटलाई व्यवसायिकताको मार्गमा डोयाएको अपेक्षा आयोजकको रहेको छ । आट गर्ने हो भने जे पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष शाहीले वताउनुभयो । आगामी वर्षबाट अझै भब्य स्वरmपमा हुने अनुमान गरिएको क्रिकेट महाकुम्भले यसक्षेत्रको समृद्धि चुलिएने भन्दै शाहीले राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिता आयोजना हुन थालमो धनगढी देशकै नामी शहर बन्ने आशामा रहेको वताउनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...