मिलन क्रिकेट क्लब, झापा कैलाली प्रस्थान

कृष्ण सिन्जाली मगर मेचीनगर – नेपालमै पहिलो महिला क्रिकेट प्रतियोगिताको सर्वाधिक नगद २ लाख राशी भएको रुस्लान महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता खेल्न झापाको मिलन क्रिकेट क्लब सोमवार कैलाली प्रस्थान गरेको छ।
झापाको काकरभिट्टास्थित घारी रेष्टुरेण्टमा भएको बिदाई कार्यक्रममा स्थानीय समाजसेवी बिमल आर्चाय, नेपाल ओलम्पिक कमिटिका सदस्य पुष्पा गुरुङ, अठोट नेपालका उपाध्यक्ष नगेन्द्र गुरुङ , घारी रेष्टुरेण्टका संचालक पवन उप्रेती,इलाका प्रहरी कार्यलयका इन्र्चाज दुर्गाराज रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कैलालीको अत्तरिया स्थित शसस्त्र प्रहरी बलको खेलमैदानमा बैशाख २१ गतेदेखि २८ गतेसम्म हुन लागेका रुस्लान महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताका लागि मिलन क्रिकेट क्लबले अन्र्र्र्र्तराष्ट्रिय स्तरका ८ जना, भारतको रन्जित ट्रर्फी खेलेका २ बिदेशी खेलाडी र ४ जना राष्ट्रिय खेलाडीको सहभागीतामा टिम बनाएर जान लागेको कुरा क्लबका कोच बिरु श्रेष्ठले बताए । क्लबको मुख्य प्रयोजक घारी रेष्टुरेण्ट रहेको छ, भने सह प्रयोजक अठोट नेपालले गरेको छ ।

कार्यक्रममा टिमका क्याप्टेन रुबिना क्षेत्रीको नेतृत्वमा भेन्सी चौधरी, रितु जैन (बिदेशी ), अन्र्तराष्ट्रियस्तरका सवनम राई, काजोल श्रेष्ठ, कबिता गुरागाई, सरस्वती चौधरी, अनुराधा चौधरी, शान्ती चौधरी, संगीता राई र राष्ट्रियस्तरका नबिना खड्का, रोमा थापा, मुस्कान बेगम र प्रिया लिम्बु रहेका छन । प्रतियोगितामा नेपालका ६ वटा महिला क्रिकेट टिमले सहभागीता जनाएको छ ।

प्रतियोगिताको पहिलो खेल मिलन क्रिकेट क्लब र शसस्त्र प्रहरी बल बिच २१ गते बिहिवार हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...