क्रिकेट टोलीलाई १५ महिनाको बाँकी तलब दिने आइसिसीको निर्णय

वैशाख १४ – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।

संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै गत वर्ष निलम्बनमा परेपछिको करिब १५ महिनाको बाँकी तलब राष्ट्रिय टोलीमा अनुबन्धन भएका खेलाडीलाई उपलब्ध गराइने आइसिसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो । त्यसयता खेलाडीले तलव पाउन सकेका थिएनन् ।

 साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...