टिम चौराहा फाईनलका लागि रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्ने

टिम चौराहा धनगढी, डीपीएल क्रिकेटको फाईनलका लागि रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्लेअफमा काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गर्दै धनगढी दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

काठमाडौंले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको हो । १ सय २४ रनको लक्ष्य धनगढीले १० वल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो ।


प्रतिक्रिया दिनुहोस

Loading...