विराटनगर किग्स रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै डीपीएलको फाइनलमा प्रबेश गरेको छ।
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबार क्वालिफायर्समा किग्स रुपन्देहीले रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गरेको हो।
टस जितेर पहिला व्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनायो । जवाफी व्याटिङमा रुपन्देही च्यालेन्जर्सले पुरै ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो ।
Photo: Cricketing Nepal