नेक्सस अन्डर सिक्सिटिन क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु समाप्त भएका छन् ।
काठमाडौमा जारी प्रतियोगिताका क्वाटर फाइनल खेलहरु बुधबार हुने छन् । प्रतियोगिताको क्वाटर फाइनलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौ, चितवन क्रिकेट एकेडमी चितवन र मध्य पश्चिम क्रिकेट क्लब कोहलपुर पुगेका छन् ।
त्यसैगरि सनराईज क्रिकेट क्लब महेन्द्रनगर, नेपाल क्रिकेट समर्थक समाज झापा, धनगढी क्रिकेट एकेडेमी कैलाली र मध्य पश्चिम क्रिकेट क्लब बुटबल पनि क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तरगतका क्वाटर फाइनल खेलहरु बुढानिलकण्ठ स्कुल मैदानमा हुनेछन् भने सेमिफाइनल र फाइनल खेल किर्तीपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको सेमीफाइनल खेल ७ गते र फाइनल ८ गते हुनेछन् ।
स्वविज स्पोर्टस्ले सहकार्य गरेको प्रतियोगितामा कुल २८ टिम सहभागि थिए ।