डिपिएल : आज रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स, धनगढी चौराहा र सिवाइसि अत्तरिया खेल्दै

वैशाख १ – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा शुक्रबार रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स,  धनगढी चौराहा र सिवाइसि अत्तरिया खेल्दैछन् । पहिलो खेल शीर्ष दुई र दोस्रो खेल अन्तिमका दुई टोलीबीच हुन लागेको हो । 

पहिलो खेल नेपाली राष्ट्रिय टोलीका भेट्रान स्पिनर शक्ति गौचन र बसन्त रेग्मी नेतृत्वको टीमबीच हुन लागेको हो ।  खेल सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ । शक्तिको कप्तानीमा रहेको रुपन्देहीले अहिलेसम्म खेलेका दुवै खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा छ । त्यस्तै ३ मध्ये दुई खेल जितेको बसन्त रेग्मी नेतृत्वको काठमाडौं दोश्रो स्थानमा छ ।

शुक्रबारको दोश्रो खेलमा पारस खड्का नेतृत्वको धनगढी टीम चौराहा र ज्ञानेन्द्र मल्ल नेतृत्वको सिवाइसि अत्तरिया खेल्दैछन् । दुवै खेल हारेको धनगढी अंकतालिकाको पुछारमा र तीनमध्ये एक जितेको अत्तरिया पुछारबाट दोश्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...