नेपाल कमर्स क्याम्पसले स्पोन्सर युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ।
आज त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाल कमर्स क्याम्पसले शंकरदेव क्याम्पसलाई ६ विकेटले हरायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी शंकरदेव क्याम्पसका आशिस पोखरेल घोषित भए।
शंकरदेव क्याम्पसका आयुष्मान बम उत्कृष्ट ब्याट्सम्यान, नेपाल कमर्स क्याम्पसका नविन थापा उत्कृष्ट बलर , शंकरदेवका आयुष्मान बम उत्कृष्ट ब्याट्स म्यान र नेपाल कमर्स क्याम्पसका पवन श्रेष्ठ उत्कृष्ट फिल्डरको उपाधिबाट सम्मानित भए।
त्रिभुवन विश्वविद्यालयका अफ्जाल मन्सुरी इमर्जिङ खेलाडी चुनिए ।
उनीहरुले बोजिनी नगरकोट रिजोर्टमा एक रात दुई दिनको बसाइ पाएका छन् ।
युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको थियो ।
उपत्यकाका १६ कलेज टिमहरुले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्यो ।